काठमाडौँ । आज सोमबार नेपाल राष्ट्र बैंकले सात अर्ब रुपैयाँबराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यही भदौ १ गते जारी तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सहभागी हुुन पाउनेछन् । उक्त टे«जरीमध्ये २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको छ ।
ती टे«जरी परिपक्व हुने अवधि भने क्रमशः आगामी भदौ २९ गते र २०७८ कात्तिक ३० गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज जारी हुुन लागेको टे«जरी पुरानो नवीकरण अन्र्तगतको रहेको छ ।यसअघि गत साता अर्थात् यही साउन २५ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको थियो ।