काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७–०७८ मा पाँच करोड आठ लाख ७७ हजार दुई सय ४८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा नौ लाख ९६ हजार रुपैयाँ मात्र रहेको थियो ।
हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा चार अर्ब ६४ करोड ४१ लाख ६१ हजार चार सय १९ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १३ करोड ३५ लाख ३७ हजार ४४ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १६ करोड ३३ लाख ९४ हजार आठ सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा छ दशमलव ५९ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने तीन करोड ६८ लाख १२ हजार नौ सय ७४ रुपैयाँ रहेको थियो ।