काठमाडौं । कुमारी बैंक र मेडी क्वेस्ट ल्याबरोटोरी क्लिनिकबीच सम्झौता भएको छ । बैैंकले आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले जावलाखेल, ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीसँग सम्झौता गरेको हो ।
सम्झौतामा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरेका हुुन् । उक्त सम्झौतापत्रअनुसार मेडी क्वेस्ट ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गदा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न बैंकले आफ्ना देशव्यापी एक सय ९६ शाखा सञ्जाल, एक सय ६५ एटीएम, २८ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।