काठमाडौं । सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा १० करोड ९२ लाख ३० हजार पाँच सय ८४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा आठ करोठ ६३ लाख ५३ हजार नौ सय ११ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार सात सय नौ रूपैयाँँ रहेको फाइनान्सले आव २०७७–०७८ मा पाँच अर्ब ५१ करोड ८२ लाख रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १३ करोड २४ लाख १९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ५८ लाख ८६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ९० प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने १० करोड सात लाख ६१ हजार आठ सय ९० रूपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाईनान्सले चार अर्ब ५१ करोड ६२ लाख ४८ हजार पाँच सय १२ रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४७ करोड ९९ लाख ८८ हजार पाँच सय १७ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ७७ लाख ५९ हजार तीन सय १७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९७ प्रतिशत रहेको थियो ।