काठमाडौं । नेपाली नारीहरूको लोकप्रिय चाड तीजलाई मध्यानजर गर्दै एभरेष्ट बैंक लिमिटेडले भावनात्मक साथै जनचेतनामूलक विज्ञापन निकालेको छ । चाडबाड आएलगत्तै भेटघाट, खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भए पनि अहिलेको परिस्थितिमा यसरी सबैजना भेटघाट गरेर चाडबाड मनाउनु अत्यन्तै जोखिमपूर्ण रहेको, त्यसैले अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै यस विज्ञापनमार्फत एभरेष्ट बैंकले सबै जनालाई यसपालीको तीज घरमै बसी सुरक्षितरूपमा आफ्नो परिवारसँग मनाउन आग्रह गरेको छ । सो विज्ञापन एभरेष्ट बैंकको अधिकारिक फेसबुक पेज वा युटुब च्यानमा गएर हेर्न सकिने बैंकले जानकारी दिएको छ ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँचवटा शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एसमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।