काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौँको गोकर्णेश्वरमा पनि शाखा विस्तार गरेको छ । बैंकका अनुसार मंगलबार उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका हुन् ।
उद्घाटन समारोहमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकको देशका सातै प्रदेशमा एक सय नौवटा कार्यालयर ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।