काठमाडौं । बैंकिङ क्षेत्रमा प्राविधिक तहमा अग्रणी रूपमा रहेको लक्ष्मी बैंकले आफ्नो ग्राहकहरूलाई सधैँ डिजिटल बैकिङ प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ । त्यसै क्रममा बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ । डिजिटल डिसेम्बर नाम गरिएको सो योजनाले विभिन्न पुरस्कार र छुटहरूको माध्यमद्वारा ग्राहकहरूलाई डिजिटल बैंकिङ प्रविधिहरूको प्रयोग गर्न प्रोत्साहन गर्दछ । यो एकमहिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो ।
डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानी को प्रवर्द्धन गर्नमा केन्द्रित छ र लक्की ड्रद्वारा आफ्ना ग्राहकहरूलाई क्यूआर भुक्तानी गर्न र व्यवसायीहरूलाई क्यूआर कोडबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ । यस योजनाअन्तर्गत डिजिटल डिसेम्बरभरि हरेक हप्ता ३ भाग्यशाली क्यूआर व्यवसायीहरूले पाँँच हजार रुपैयाँ नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन पाँच जना भाग्यशाली क्यूआर भुक्तानी गर्ने ग्राहकले पाँच सय रुपैयाँसम्मको ५० प्रतिशत क्यास ब्याक जित्न सक्नेछन् ।
साथै यस योजनाको अवधिभरि, मोबाइल मनीका नयाँ प्रयोगकर्ताहरूले मोबाइल मनीमार्फत एक हजारभन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरूमध्ये पाँच सय जना भाग्यशाली ग्राहकहरूले डिसेम्बर महिनाको अन्त्यमा पाँच सय रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् ।
यसका साथसाथै डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरि मोबाइल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा निःशुल्क पाउन सक्नेछन् । डिजिटल डिसेम्बरको यो संस्करण सुरु भइसकेको छ । बैंकले यसअन्तर्गतका पुरस्कारका योजनाहरू यसै सातादेखि सार्वजनिक गर्दै जानेछ । थप जानकारीका लागि लक्ष्मी बैंकको सामाजिक सञ्जालहरू हेर्न सकिनेछ भने लक्ष्मी बैंकको भाइबर कम्युनिटीमा सामेल हुन सकिने बैंकले जानकारी दिएको छ ।