काठमाडौं । सिभिल बैंक लिमिटेडको सञ्चालक समितिको तीन सय ६२औँ बैठकबाट नवनियुक्त अध्यक्ष सञ्चालक प्रतापजङ पाण्डेलाई सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सो अवसरमा अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरूको पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखी कार्य गर्ने प्रतबद्धता व्यक्त गरेका छन् ।
बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा अझ सशक्तरूपमा अगाडि बढाउँदै लग्नुका साथै डिजिटाइजेसनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरू प्रारम्भ भइसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा राखे । बैंकका सबै सरोकारवालाहरूको हित हुनेगरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुनेगरी सम्मानजनक मर्जरको लागि खुला रहेको धारणा समेत राखे ।