काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार दुईवटा संस्थाले सेयर मूल्य समायोजन गरेका छन् । जसमध्ये स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३२ दशमलव ३० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य १९ सय १९ रुपैयाँ ८० पैसा तोकेको छ ।
पछिल्लो पटक उक्त संस्थाको प्रतिकित्ता २५ सय ४० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । यसैगरी आईसीएफसी फाइनान्सले पनि सोही दिन १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य छ सय ३९ रुपैयाँ ८२ पैसा तोकेको छ । यसअधि उक्त फाइनान्सको प्रतिकित्ता सात सय तीन रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।