ढाका । बंगलादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ । सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
बंगलादेशका स्वास्थ्यमन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुवात गरेका हुन् । अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस अभियानलाई चाँडै देशव्यापी गराइने जानकारी दिए ।
अतिरिक्त खोप पनि सुरुमा अग्रपंक्तितमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उनले स्पष्ट पारे । उनका अनुसार पत्रकार तथा धार्मिक नेताहरूलाई पनि अतिरिक्त खोपका लागि प्राथमिकताको सूचीमा राखिएको छ ।