काठमाडौं । पोखरा फाइनान्सले आठ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले २०७८ असार मसान्तसम्ममा कायम रहेको सञ्चित मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी ९६ करोड ३१ लाख ४५ हजार सात सय ९० रुपैयाँमध्येबाट आठ दशमलव शून्य ७५ प्रतिशतका दरमा सात करोड ७७ लाख ७४ हजार २३ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत अर्थात् ४० लाख ९३ हजार तीन सय ७० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।