काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल प्राइभेट लिमिटेडले डिलर मिट सम्पन्न गरेको छ । एमएडब्लू वृद्धिले नेपालभर रहेका आधिकारिक डिलरलाई उत्साहित गर्ने उद्देश्यले गत बुधबार, बिहीबार र शुक्रबार तीन दिन सोल्टी क्राउन प्लाजामा डिलर मिटको आयोजना गरेको थियो ।
कम्पनीसँग आबद्ध भएका व्यवसायीहरुको भविष्यमा कसरी सुधार गर्न सकिन्छ भन्ने मूल उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकलका सेल्स हेड नविन आचार्यले जानकारी दिए । साथै कम्पनीले आगामी पाँच वर्षमा आउने विभिन्न गाडीहरु र कम्पनी कसरी अगाडि बढ्छ भन्ने विषयमा पनि डिलर मिटमा छलफल भएको थियो ।
कार्यक्रममा सर्भिस सेन्टरको विषयमा पनि गहन छलफल भएको थियो । फोटोनको आधिकारिक बिक्रेताको रुपमा स्थापित एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकलले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने जनाएको छ ।