काठमाडौँ । ड्याट्सनले ‘नेसनवाइड सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । कम्पनीको गाडीहरुले आवश्यक हेरचाह तथा मर्मतसम्भार प्रदान गर्न ड्याट्सन नेपालले राष्ट्रव्यापी रुपमा सर्भिस क्याम्प आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । यही २६ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म नेपालभरका मुख्य सहरहरूमा आयोजना गरिने सर्भिस क्याम्पमा ग्राहकहरूले विभिन्न किसिमका सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन् । सो क्याम्पमा निःशुल्क लेबर चार्ज, टप वास, ९० चेक पोइन्ट र ८० प्रतिशतसम्म एक्सेसरिजमा छुट पाउने कम्पनीले जनाएको छ । साथै ग्राहकहरुले नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।