काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त गरी गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको श्रृजनशीलको तीन लाख ३७ हजार २५ कित्ता अर्थात् रकम तीन करोड ३३ लाख दुइ हजार पाँच सयबराबर साधारण सेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको संंस्थाले जजाएको छ ।
उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठद्वारा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गर्नका लागि सम्झौता गरिएको हो ।