काठमाडौ।सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ७९ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार ६९ दसमलव ७७ अंकले ओरालो लागेर २५ सय २१ दसमलव ६५ बिन्दुुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव ८५ अंकले ओरालो लागेर चार सय ७१ दसमलव ८९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ३८ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन ।
जसबाट ६७ हजार सात सय ६० पटकको कारोवारमा एक करोड दुई लाख ९२ हजार दुई सय २६ कित्ता सेयर खरिद बिक्री भएकाछन । जसबाट आज कुुल सेयर कारोवार रकम पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार छ सय ७१ रुपैयाँ पुगेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।