काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बीमाको महत्व र दाबी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बीमाको प्रभावकारी भूमिकाको सम्बन्धमा विस्तारपूर्वक अभिकर्ताहरूलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमहरूको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको जानकारी दिएको छ ।