काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ ।
कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य एक सय दरको १४ लाख ३० हजार एक सय ६२ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्नको लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्काशनसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
यही पुस १६ गते भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सुविधानगर, तीनकुने, काठमाडौँमा आयोजित कार्यक्रममा भगवती हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हरि प्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका तर्फबाट चन्दन कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।