काठमाडौँ । सेयर बजार परिसुचक उकालो लागेको छ ।
अघिल्लो दिन ३२ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार पुन ६३ दसमलव एक अंकले उकालो लागेर २६ सय ७९ दसमलव ९५ बिन्दुुमा चढेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १५ दसमलव ८५ अंकले उकालो लागेर पाँच सय तीन दसमलव ७२ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ३४ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन ।
जसबाट ५५ हजार तीन सय ७८ पटकको कारोवारमा ९१ लाख १० हजार सात सय ५८ कित्ता सेयर खरिद बिक्री भएका छन । जसबाट आज कुुल कारोवार रकम चार अर्ब ३२ करोड दुई लाख ६९ हजार आठ सय २८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये उत्पादनमुलक र अन्य उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन ।