काठमाडौँ । लायन्स क्लब र भोमी अस्पतालको आयोजनामा सहारा ज्येष्ठ नागरिक समाजमा निःशुल्क स्वास्थ्यशिविर सम्पन्न भएको छ । लायन्स क्लब काठमाडौं सोसियल फ्रेण्ड, लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र भोमी अस्पताल संयुक्त आयोजनामा काभ्रेको पनौती नगरपालिका १० खोपासीस्थित सहारा ज्येष्ठ नागरिक समाजमा रहेका वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ चेकजाँच गरिएको हो ।
२०७० सालमा स्थापना भएको उक्त संस्थामा ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरु छन् । उक्त समाजमा रहेका वृद्धवृद्धाहरुको जनरल चेकअप, सुगर जाँच, फिजियोथेरापी परामर्श, ब्लड प्रेसर, पिसाब जाँच र निःशुल्क ईसीजीको चेकजाँच गरिएको हो । लायन्स क्लब काठमाडौं र भोमी अस्पतालको सहकार्यमा सम्पन्न भएको निःशुल्क स्वास्थ्यशिविरमा ९५ जनाले स्वास्थ्य चेकजाँच गरेका थिए ।
दैनिक रुपमा भजनकीर्तन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको सहारा ज्येष्ठ नागरिक समाजका महासचिव भूषणकुमार श्रेष्ठले जानकारी दिए । साथै जन्मदिन र वैवाहिक जीवनमा बाँधिएको अवसरमा पनि त्यहाँ कार्यक्रम मनाउने गरिएको उनले बताए । भोमी अस्पताल म्यानेजर राजेश कुमार शाहीका अनुसार शिविरको आयोजना गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा यस्ता कार्यक्रममा सहयोग पुग्नेछ ।
त्यस्तै, भोमी सहारा कार्ड वितरण गरेको उनले बताए । भोमी साहारा कार्डमा निःशुल्क एम्बुलेन्स, निःशुल्क चेकअप, निःशुल्क परामर्श र अन्य सेवामा विशेष छुट दिने अस्पतालले जनाएको छ ।