काठमाडौं । हिमालयन बैंक लिमिटेडले महेन्द्रनगरमा पनि शाखा खोलेको छ । बैंकका अनुसार आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा शाखा खोलिएको हो ।
कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौँ शाखा हो ।
महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरूसहित लकर सेवा समेत सञ्चालनमा ल्याएको बैंकको भनाइ छ । सो शाखा समेत हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या पाँच पुगेको छ भने एटीएम संख्या एक सय ४८ र पाँच हजारभन्दा बढी पीओएस टर्मिनलको संख्या पुुगेको छ ।