काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही फागुन छ गते पोखरास्थित वाटर फ्रन्ट रिसोर्टमा आफ्नो चौथो वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँमध्येबाट १० दशमलव १० प्रतिशतको अनुपात बोनस वितरण गर्ने पारित गर्ने जानकारी दिएको छ ।