काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड ४० लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ७५ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २७ करोड ६८ लाख ८१ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ३४ करोड ५१ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५३ करोड ४५ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड १६ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ४३ लाख १० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ८७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १२ करोड ९६ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ६५ करोड ८२ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड तीन लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ९३ लाख ४८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६६ प्रतिशत रहेको थियो ।