काठमाडौँ । यस साता सेयर बजार परिसूचक दुई हजार सात सय ७९ दशमलव ९८ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १८ दशमलव ७२ बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ८५ हजार ५३ पटकको कारोबारमा पाँच करोड ७५ लाख ८६ हजार छ सय ९२ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार आठ सय चार रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै नौ अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २९ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार चार लाख ७३ हजार सात सय ७० पटकको कारोबारमा सात करोड ६५ लाख ६० हजार छ सय २७ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार पाँच सय ७९ रुपैयाँ पुगेको थियो ।
यस सात नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने पाँचौँ दिन बजार परिसूचक उकालो लागेको थियो । जसअनुसार पहिलो दिन बजार परिसूचक १० दशमलव ८३ अंकले ओरालो लागेर दुई हजार नौ सय २० दशमलव ५१ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य छ अंंकले उकालो लागेर पाँच सय ४३ दशमलव ८० विन्दुमा चढेको थियो ।
दोस्रो दिन पनि बजार परिसूचक एक सय १० दशमलव एक अंकले ओरालो लागेर दुुई हजार आठ सय २० दशमलव ४१ विदुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव दुई अंंकले ओरालो लागेर पाँच सय २५ दशमलव ९० विन्दुमा झरेको थियो । तेस्रो दिन पनि बजार परिसूचक पाँच दशमलव ५९ अंकले ओरालो लागेर दुई हजार आठ सय १५ दशमलव छ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव नौ अंंकले ओरालो लागेर पाँच सय २४ दशमलव ९४ विन्दुमा झरेको थियो ।
चौँथो दिन पनि बजार परिसूचक ३८ दशमलव ४२ अंकले ओरालो लागेर दुई हजार सात सय ७६ दशमलव ६५ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव छ अंंकले ओरालो लागेर पाँच सय १८ दशमलव ३५ विन्दुमा झरेको थियो । पाँचौं दिन भने बजार परिसूचक तीन दशमलव ३३ अंकले उकालो लागेर दुई हजार सात सय ७९ दशमलव ९८ बन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३८ अंंकले उकालो लागेर पाँच सय १८ दशमलव ७२ विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल, बैंक, नेपाल बंगलादेश बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । (आर्थिक दैनिकबाट)