काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । साताको सुरुवाती कारोवार दिन आज आईतबार बजार परिसुचक एक सय पाँच दसमलव ५५ अंकले उकालो लागेर २८ सय ८५ दसमलव ५३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज १९ दसमलव ८१ अंकले उकालो लागेर पाँच सय ३८ दसमलव ५३ बिन्दुमा चढेको छ ।
आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसअन्तर्गत ८१ हजार सात सय छ पटकको कारोवारमा एक करोड २१ लाख ५५ हजार चार सय ३२ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम छ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार परिसुचक पुरै हरियो भएको छ ।