काठमाडौं । बेष्ट फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड दुई लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १५ करोड ७६ लाख ५५ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ८२ करोड ९१ लाख ३७ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिकमा तीन अर्ब २५ करोड २३ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६१ करोड २९ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड आठ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा दुई करोड ५० लाख ८४ हजार रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव १४ प्रतिशत छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले दुई अर्ब ९६ करोड ३५ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७८ करोड ६९ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड चार लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा २७ दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव १५ प्रतिशत रहेको थियो ।