काठमाडौं, माघ २४
सिद्धार्थ बैंकले बुधबार दाङको लमही शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकका अनुसार लमही शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुलबहादुर केसीबाट भएको हो । बैंकले उक्त शाखा २०७५ असार २५ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर एक सय ८० वटा शाखा (तीनवटा एक्सटेन्सन काउन्टरसहित), एक सय एक शाखारहित बैंकिङ सेवा, दुुई सय तीनवटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ ।