काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २५ अंकले उकालो लागेको शेयर बजार परिसचुक साताको तेस्रो कारोवार दिन आज मंगलबार पुन १७ दसमलव ४२ अंकले उकालो लागेर २७ सय ३५ दसमलव ९३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ३६ अंकले उकालो लागेर पाँच सय २३ दसमलव १५ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ४८ हजार एक सय ९५ पटकको कारोवारमा ६० लाख ८१ हजार छ सय दुई कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज दिन कुल कारोवार रकम तीन अर्ब २१ करोड २८ लाख ८७ हजार आठ सय २२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये उत्पादनमुलक र लगानी उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छ ।