काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो १७ दसमलव ४२ अंकले उकालो लागेको शेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार भने १५ दसमलव पाँच अंकले ओरालो लागेर २७ सय २० दसमलव ४३ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव २२ अंकले ओरालो लागेर पाँच सय १७ दसमलव ९३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसबाट ४८ हजार नौ सय ११ पटकको कारोवारमा ६२ लाख ४७ हजार सात सय ७४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम तीन अर्ब १३ करोड १२ लाख १० हजार दुई सय ८२ रुपैयाँ कायम हुन पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहरुको सुचक उकालो लागेको छ भने ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेको छ ।