काठमाडौं । सानिमा बैंक लिमिटेडले बिहीबार गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्तरूपमा गरेका हुन् ।
समुद्घाटन् समारोहमा मह जोडीले गोरखाको शक्तिचोकमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहजरूपमा सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्न सुझाव दिएका छन् ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् । बंैकको देशका सातै प्रदेशमा एक सय २३ कार्यालयर एक सय तीन वटा एटीएम सञ्चालनमा रहेका छन् ।