काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक तीन दशमलव ६६ अंकले ओरालो लागेर २५ सय ४३ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव तीन अंकले उकालो लागेर चार सय ९० दशमलव १३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३० वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसबाट ४५ हजार छ सय २२ पटकको कारोबारमा ५१ लाख ३९ हजार दुई सय ३९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार दुई सय ७३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने नौ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।