काठमाडौं, माघ २८ सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको थियो । आगलागी समयमै नियन्त्रणमा आएको कारण सबै यात्रु सकुशल रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । आगलागीको कारण विमानस्थलको अन्तर्राष्ट्रिय उडान सेवा केही समय अवरुद्ध भएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।