काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सिंहलाई बुधबार एक कार्यक्रमका बीच ‘बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५’ अनुसार पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।
कम्पनीको यही फागुन २९ गते भएको ३३औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनर्निर्वाचित भएकी हुन् । उक्त समारोहमा समितिको अध्यक्षबाट कम्पनीको पुनर्निर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । श्रीमती सिंहले शपथग्रहण कार्यक्रम सम्पन्न भएकोमा बीमा समितिको अध्यक्षलाई आफ्नो र सञ्चालक समितिको तर्फबाट आभार एवं धन्यवादज्ञापन गरिन् ।