काठमाडौं । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयू वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पु-याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ शय्याको सीसीयू वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले उक्त सीसीयू वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरेका हुन् । उक्त सीसीयू वार्ड हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैंकका सञ्चालक समितिका सदस्यहरू रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसस्थाहरूलाई सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।