काठमाडौं, माघ २८
महालक्ष्मी विकास बैंकले सुुगन्ध थाल्सेमिया प्रोजेक्टलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको विराटनगर शाखाले थाल्सेमिया रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित सुगन्ध थाल्सेमिया प्रोजेक्लाई दुुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।
यही माघ २५ गते शनिबार आदर्श मावि विराटनगरमा विश्व क्यान्सर दिवसका अवसरमा विराटनगर प्लाटिनम राउण्ड टेवल ११ द्वारा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको प्रमुख आतिथ्यमा सम्पन्न समारोहका बीच बैंकको विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुुन् ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा एक सय दुुईवटा शाखा तथा ३५ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।