काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नै बजार परिसुचक ४१ दशमलव ४३ अंकले ओरालो लागेर २५ सय ७२ दशमलव २३ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ५५ अंकले ओरालो लागेर चार सय ७९ दशमलव ३९ बिन्दुमा झरेको छ ।
आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत ६२ हजार एक सय ६४ पटकको कारोबारमा ८९ लाख २३ हजार १४ कित्ता सेयर कारोबार भएका छन् । सोही आधारमा आज कुल चार अर्ब ९८ करोड ९५ लाख १४ हजार चार सय १६ रुपैयाँको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये निर्जिवन बीमा उपसमुहको सुचक एक सय ३३ दसमलव ३५ अंकले उकालो लागेर १२ हजार चार सय २१ दशमलव ९१ बिन्दुमा चढेको छ भने बाँकी उपसमुहको सुचक ओरालो लागेका छन् ।