काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले आइतबार प्रधान कार्यलायमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
प्राकृतिक पर्यटनलाई सघाउ पुग्नेगरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरू क्यालेन्डरमा समावेश गरिएको कम्पनीको भनाइ छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा सञ्चालकहरू उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो । कारोबार सञ्चालन भएको तीन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखा/उपशाखा सञ्चालनमा रहेको छ भने तीन वर्षको अवधिमा कम्पनीले तीन अर्बभन्दा बढी प्रिमियम सङ्कलन गरिसकेको छ । कम्पनीले आउने असारभित्र चुक्ता पुँजीको ३० प्रतिशतबराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्ने गरी तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ ।