अमेरिका । विश्व बैंकले अफगानिस्तानका चार परियोजना फ्रिज गरिदिएको छ । ती परियोजना ६० करोड अमेरिकी डलरका थिए । तत्कालीन सरकारलाई हतियारको बलमा अपदस्थ गरेको तालिबानले छात्रामाथि कलेज पढ्न वञ्चित गरेपछि यो निर्णय लिएको विश्व बैंकले जनाएको छ ।
ती परियोजना कृषि, शिक्षाा, स्वास्थ्य र दैनिक जीवनशैलीसँग सम्बन्धित थिए । विश्व बैंकले राष्ट्रसंघीय संस्थाहरुले अफगान पुनर्संरचना ट्रस्ट फन्डअनुसार कार्यान्वयन गर्ने तयारी गरिरहेका बेला यस्तो निर्णय लिएको हो ।
बैंकको कार्यविधिअनुसार ती लगानी गतिविधिले महिला, छात्रालाई समान सेवा दिनुपर्छ । तर तालिबानले छात्रालाई कलेज पढ्न प्रतिबन्ध लगाएपछि विश्व बैंकले यसलाई फ्रिज गर्ने निर्णय गरेको हो । अब ती परियोजना दाताहरुसामु प्रमाणीकरणका लागि त्यहाँको अवस्था ठीक भएपछि मात्रै राखिनेछ । विश्व बैंकको कार्यकारी बोर्डको मार्च १ मा बसेको बैठकले १ अर्ब डलरभन्दा बढी रकम एआरटीएफमार्फत लगानी गर्ने निर्णय गरेको थियो ।