काठमाडौं । प्राइम कमर्सियल बैंकले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री खुला भएको छ । बैंंकका अनुसार प्रतिकित्ता एक हजार रुपैयाँ अङ्कित मूल्य कायम रहने गरी १० वर्षे अवधिको वार्षिक प्रतिशत ब्याजदर कायम रहेको प्राइम डिबेन्चर २०८८ को बिक्री खुला गरिएको हो ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत यही चैत १६ गतेबाट खुला भएको ऋणपत्रको बिक्रीकार्य छिटोमा यही चैत्र २१ गते र ढिलोमा चैत्र ३० गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम २५ देखि अधिकतम पाँच लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी २२ अर्ब तथा जारी पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार आठ सय चार रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार आठ सय चार रुपैयाँ रहेको छ ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ८१ करोड ३३ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।