वासिङटन । अन्तर्राष्ट्रिय बजारमाकच्चा तेलको मूल्य घटेको छ । संयुक्त राज्य अमेरिकाले सञ्चित भण्डारबाट कच्चा तेल निकाल्ने तयारी गरेपछि मूल्य घटेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले १८ करोड ब्यारेलसम्मआगामीमहिनाहरुमा रणनैतिक पेट्रोलियम भण्डारबाट कच्चा तेल निकाल्ने तयारी गरेको छ । यदि यो निर्णयअनुसार भए सन् १९७४ माउक्त भण्डार बनेयताकै ठूलो परिमाणमा तेल निकालिनेछ ।
युक्रेनमाथि रुसको आक्रमणसँगै पछिल्ला हप्ताहरुमाआपूर्ति खलबलिने डरले विश्वकै ऊर्जा बजारमाहलचलआइरहेको छ ।
अमेरिकीकच्चातेल वेस्ट टेक्सस इन्टरमेडिएट सुरुवातीबजार कारोबारमा ५.३ प्रतिशतले घटेर प्रतिब्यारेल १०२ अमेरिकी डलर पुगेको छ ।
त्यस्तै ब्रेन्ट कच्चा तेल पनिपाँचप्रतिशतले घटेर १०८ अमेरिकी डलरवरिपरि रहेको बीबीसीले जनाएको छ ।