काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो । नेपालमा पर्वतारोहणका लागि खुला हिमालहरू (खास गरी सगरमाथा क्षेत्र)मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान सञ्चालन गरिएको हो ।
नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैरसरकारी संघसंस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरूको सफा हिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताए । नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले विश्वमानचित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रूपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै ‘सफा हिमाल अभियान २०२२’ मा हातेमालो गरेको प्रस्ट्याए ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र नेपाली सेनाका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय जंगी अड्डाका सहायक रथी हिमांशु खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थि