काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार चार सय ६४ दशमलव ३१ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६३ दशमलव ७३ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ८६ हजार दुई सय ५८ पटकको कारोबारमा दुई करोड २३ लाख ४२ हजार छ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम नौ अर्ब ८३ करोड ११ लाख ६० हजार सात सय २३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३२ वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुसार दुई लाख १० हजार पाँच सय ४७ पटकको कारोबारमा दुई करोड ६० लाख ६१ हजार छ सय १५ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १३ अर्ब ४२ करोड ५७ लाख ४६ हजार चार सय ११ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने पाँचौँ कारोबार दिन सेयर बजार परिसूचक उकालो लागेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक ३० दशमलव ८९ अंकले ओरालो लागेर दुई हजार पाँच सय १३ दशमलव ४१ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४४ अंंकले ओरालो लागेर चार सय ६९ दशमलव तीन विन्दुमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसूचक १४ दशमलव ८८ अंकले ओरालो लागेर दुई हजार चार सय ९८ दशमलव ५३ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४६ अंंकले ओरालो लागेर चार सय ६६ दशमलव ५६ विन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन पनि बजार परिसूचक ४६ दशमलव ४६ अंकले ओरालो लागेर दुई हजार चार सय ५२ दशमलव शून्य छ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३४ अंंकले ओरालो लागेर चार सय ५८ दशमलव २२ विन्दुमा झरेको थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक २३ दशमलव ३२ अंकले ओरालो लागेर दुई हजार चार सय २८ दशमलव ७५ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २८ अंंकले ओरालो लागेर चार सय ५५ दशमलव ९४ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक ३५ दशमलव ६६ अंकले उकालो लागेर दुई हजार चार सय ६४ दशमलव ३१ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १३ अंंकले उकालो लागेर चार सय ६३ दशमलव ७३ विन्दुमा चढेकोे थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।