काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन नेपाल बैंकर संघले कम्तीमा एक हप्ताको लागि प्रतीतपत्र (एलसी) को कारोबार रोक्का गर्नै निर्णय गरेको छ । पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घटेसँगै यस्तो सञ्चिति बढाउन संघले तत्कालको लागि कम्तीमा एक हप्ता नयाँ एलसी नखोल्ने निर्णय गरेको हो ।
तर यस्तो एलसी अत्यावश्यक वस्तुबाहेकका सामानको हकमा मात्र लागू हुन्छ, बैठकमा सहभागी एक प्रतिनिधिले भनेका छन् । ‘नयाँ एलसीको कारोबार रोक्ने निर्णय कतिसम्म लम्बिन सक्छ, त्यो अहिले भन्न सकिँदैन तर तत्कालको लागि एक हप्ता विलासिताको वस्तुहरुको आयातमा एलसी रोक्ने निर्णय गरेका हौँ’, ती प्रतिनिधिले भने । उनका अनुसार संघको उक्त बैठकले नयाँ एलसीसँगै वैशाख महिनाभरको लागि निक्षेपको ब्याजदरलाई स्थिर राख्ने समेतको निर्णय गरेको छ ।