काठमाडौं । कुमारी जब र मैनादेवी फाउन्डेसनबीच आगामी ‘काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२’ को लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको छ । कुमारी जबका प्रबन्धनिर्देशक सन्देश भण्डारीले काठमाडौँ ट्र्यास कलेक्सन रेस २०२२ को लागि सहकार्य गर्न पाउँदा धेरै खुसी लागेको बताए ।
काठमाडौँ ट्र्यास कलेक्सन रेस २०२२ एक दिने कार्यक्रम हो जहाँ सहभागीहरूले ९० मिनेटमा ६ किलोमिटर दौडिँदै फोहोर संकलन गर्नुपर्ने हुन्छ । सहभागीहरूले दुई जनाको टोली बनाउनुपर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर संकलन गर्ने पाँचवटा टोलीलाई विजेता घोषणा गरिनेछ ।
यो रेसमा सबै जना सहभागी हुन सक्नेछन् र यसमा सहभागी हुन पे वेल एपमार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिन्छ । शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज, हात्तीसारबाट सुरु हुने दौडका विजेताले ५० हजार नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।