काठमाडौं । आईसीएफसी फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड ३९ लाख ९८ हजार चार सय ४४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १७ करोड ७९ लाख ९५ हजार छ सय २४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १२ करोड ७१ लाख १५ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १६ अर्ब ४३ करोड ७६ लाख ३१ हजार पाँच सय ३३ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ८२ करोड २६ लाख ८८ हजार नौ सय ९६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३१ करोड ६५ लाख आठ हजार ५८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमल २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने चार करोड ४१ लाख १५ हजार छ सय ५६ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १४ अर्ब ३४ करोड २८ लाख १० हजार आठ सय ४६ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ३७ करोड १५ लाख १२ हजार १४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ९३ लाख ९२ हजार पाँच सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव १६ प्रतिशत रहेको थियो ।