काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत काठमाडौं महानगरीय प्रहरी वृत्त लैनचौरलाई सीसी क्यामराहरू हस्तान्तरण गरेको छ । लैनचौर प्रहरी वृत्तमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्तरूपमा महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहाललाई सीसी क्यामरा हस्तान्तरण गरेका हुन् ।
बैंकले महानगरीय प्रहरी वृत्त कार्यालयको हिरासतमा रहेका थुनुवाहरूको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पु¥याउने हेतुले सो सहयोग गरेको हो । नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवद्र्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्षरूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ । बैंकले हाल एक सय १६ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।