काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ९० लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४५ करोड २० लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३३ करोड ७१ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ९९ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई लाख २५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३६ करोड ५२ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब चार करोड १५ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ५७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४२ लाख १५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३९ प्रतिशत रहेको थियो ।