काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई देशका विभिन्न स्थानहरूमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरूसँग सम्झौता गरेको हो ।
सम्झौतापश्चात् बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले होटल तथा रेस्टुरेन्टअन्तर्गत पर्पल हेज रेष्ट्रो एन्ड गार्डेन, एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, मीठो रेष्टुरेन्ट एन्ड थकाली किचन बिर्तामोडमा १० प्रतिशत, नोवेल होटल एन्ड स्वीमिङ कम्प्लेक्स इमाडोलमा १० प्रतिशत, मिटिङ प्वाइन्ट रेष्टुरेन्ट एन्ड बार बिर्तामोडमा पाँच प्रतिशत, होटल अर्थलाइट प्रालि सौराह चितवनमा २० प्रतिशत, चिकेन स्टेसन इमाडोलमा १० प्रतिशत तथा सोलमारी रेस्ट्रो एन्ड मिटिङ प्रालि इमाडोमा १५ प्रतिशत छुट पाउनेछन् ।
अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकअन्तर्गत मेडसिटी फार्मेसी बिर्तामोडमा १० प्रतिशत, रामजानकी हस्पिटल प्रालि जनकपुरमा १५ प्रतिशत र नमो मनकामना डेन्टल एन्ड क्लिनिक इमाडोमा २५ प्रतिशत छुटको व्यवस्था रहेको छ । साथै, बुटिकअन्तर्गत बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विराटनगरको पीपलचोकमा रहेको तनाशा फेसन स्टुडियोमा १५ प्रतिशत छुट पाउनेछन् । जिम/फिटनेस सेन्टरअन्तर्गत सेप्स फिटनेस जीम ढल्कोमा विभिन्न योजनाहरूमा ४५ प्रतिशतसम्मको छुट रहेको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता महानुभावहरूले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्न सक्नेछन् । यसको विस्तृत विवरण बैंकको वेबसाइट मा उपलब्ध रहेको जानकारी गराउँदछौं ।