काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार ४८ दशमलव १६ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९२ दशमलव २५ विन्दुमा सीमित भएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ३४ हजार नौ सय ३० पटकको कारोबारमा दुई करोड पाँच लाख ९५ हजार एक सय ९५ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम छ अर्ब ५९ करोड ३३ लाख ६३ हजार एक सय २६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो ।
गतसाता भने धितोपत्र बजारमा दुई सय २९ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख २६ हजार एक सय २८ पटकको कारोबारमा एक करोड ७६ लाख ६१ हजार सात सय ३५ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम छ अर्ब २० करोड ३९ लाख १३ हजार दुई सय ६४ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये तेस्रो कार्यदिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने बाँकी दिन लगातार ओरालो लागेको थियो । जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक १२ दशमलव ८९ अंकले ओरालो लागेर दुई हजार ६५दशमलव ८२ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १२ अंंकले ओरालो लागेर चार सय दशमलव ३६ विन्दुमा झरेको थियो ।
दोस्रो कारोबार दिन पनि बजार परिसूचक ४५ दशमलव ५९ अंकले ओरालो लागेर दुई हजार २० दशमलव २३ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २४ अंंकले ओरालो लागेर तीन सय ८९ दशमलव १२ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक ६० दशमलव २२ अंकले उकालो लागेर दुई हजार ८० दशमलव ४४ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २५ अंंकले उकालो लागेर चार सय दशमलव ३७विन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक १७ दशमलव ६४ अंकले ओरालो लागेर दुई हजार दुई सय ६२ दशमलव ८० विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शून्य एक अंंकले ओरालो लागेर तीन सय ९६ दशमलव ३६ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक १४ दशमलव ६४ अंकले ओरालो लागेर दुई हजार ४८ दशमलव १६ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ११ अंंकले ओरालो लागेर तीन सय ९२ दशमलव २५ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेकाछन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेकाछन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।