अमेरिका । रकेट कम्पनी स्पेस एक्सले कम्तीमा पाँच कर्मचारीलाई बर्खास्त गरेको छ । संस्थापक मालिक इलोन मस्कको आलोचनामा पत्र तयार गरी सार्वजनिक गर्नलागेका ती कर्मचारीलाई कम्पनीले बर्खास्त गरेको सीएनएनले जनाएको छ ।
उनीहरुले पत्रमा कम्पनीमा समावेशी संस्कृति अवलम्बन गर्न आह्वान गर्दै मस्कको चर्को आलोचना गरेको बताइएको छ । एजेन्सीहरुका अनुसार कम्पनीले उक्त पत्रसँग जोडिएका कर्मचारीलाई निकालेको हो । कति जनालाई निकालेको भन्नेबारे कम्पनीले केही नबताएको बताइएको छ ।
कम्पनीका अध्यक्ष गाइनी शटवेलले इमेल पठाउँदै कम्पनीले अनुसन्धान गरेर उक्त विरोधपत्रसँग जोडिएका केही संख्याका कर्मचारीलाई बर्खास्त गरेको न्युयोर्क टाइम्ससँग बताए । उनीहरुको हर्कतले अन्य कर्मचारीलाई असहज बनाएको भन्दै बर्खास्त गर्नुपरेको उनको भनाइ थियो ।