काठमाडौ । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसुचक ९४ दशमलव ९२ अंकले उकालो लागेर १९ सय ५ दशमलव ९८ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ९३ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ८४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४४ हजार तीन सय ४१ पटकको कारोबारमा ६३ लाख ६३ हजार पाँच सय ९० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार आठ सय ४९ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।